धरान : प्रहरीले कोशी गाउँपालिका-१ लौकहीबाट मङ्गलवार कोशी-४ का ३४ वर्षीय मनोजकुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ वर्षीय राज कुमार खत्वेलाई ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोलीले चेकजाँचको उनीहरूलाई ८८ ग्राम ३८ मिलिग्राम ब्राउनसुगर र २ लाख ५६ हजार नेपाली रुपैयाँ नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा-४ बाट बराहक्षेत्र-२ का २० वर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
झापाको शनिश्चरे प्रहरी चौकीले अर्जुनधारा–७ का ३२ वर्षीय विजय मगर, अर्जुनधारा-३ का जीवन चौलगाई र अर्जुनधारा-४ का २४ वर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउन गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिर्तामोड-५ का २४ वर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।