धरान :  नेपाली काँग्रेसका प्रभावशाली नेता सांसद डा.शेखर कोइरालाले सरकारले ल्याउन लागेको मिडिया काउन्सिलको विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने देखिएकोले पत्रकार, सञ्चारकर्मीहरूले यसको विरोध गर्नु पर्ने बताएका छन् ।
उनले विधेयकको प्रकृति प्रेसलाई सकारको अधीनमा राख्ने देखिएको बताउँदै भने ‘प्रेस सरकारको अधीनमा ल्याउन खोजिराख्या छ, कुनै पनि काउन्सिलहरू सरकारको अधीनमा हुनु भनेको प्रेस सरकारको मुख पत्र हुन्छ ।’
नेता कोइरालाले भने कुनै पनि हालतमा विधेयक अहिलेकै रूपमा अघि बढाउन नहुने बताउँदै मिडियाका साथीहरूले यसको विरोध गर्नु पर्ने बताए । उनले भने ‘मिडियाको साथीहरूले यसलाई कसरी लिनु भएको छ, हामी सांसदहरू पनि विधेयकलाई यही अवस्थामा अघि नबढोस् भनेर कोशिश गछौं ।’
धरानमा आज शुक्रवार काँग्रेस नेता पर्वत राईको बीइएफ ट्रेनिङ सेन्टरको कार्यालयमा कार्यकर्ता भेटघाटको अवसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै नेता कोइरालाले उक्त धारणा व्यक्त गरेका हुन ।
उनले नेपाली काँग्रेसको संसदीय दलमा विधेयकको बारेमा छलफल नभएको बताए ।