धरान : धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघाले नगर अस्पताल सञ्चालन गर्ने कार्यपालिका बैठकले निर्णय गरे पनि नगर प्रमुखले चासो नदिँदा अहिले सम्म कार्यान्वयन नभएको बताएका छन् ।
धरान अस्पताल पुनः स्थापना अभियान समितीव्दारा शनिवार आयोजित अन्तरक्रियामा उनले भने ‘जसको नेतृत्व छ कार्यान्वयनको जिम्मेवारी उसैको हुन्छ, नेतृत्वले उचित निर्णय नगरेका कारण प्रक्रिया सुरु नभएको हो ।’ 
उपप्रमुख बेघाले प्रकियामा गएको नगर अस्पतालको काम अगाडी नबढेको कारण नगर प्रमुखले समीक्षा गरी आत्मा आलोचित समेत हुनुपर्ने बताए । बिमा बोर्डले प्रथम सेवा अस्पतालको रेफरल नियम लागु गर्ने भएपछि धरानमा नगर अस्पताल कुराले प्राथमिकता पाएको छ ।  
उपप्रमुख बेघाले भने ‘नगर प्रमुखले निर्णय भएको कुरा किन सिनेट बैठकमा राख्न सकेनन्, त्यसैले धराने जनताले दुख पाई रहेका छन् ।’ 
प्रकियाबाटै समाधानको लागि अघि बढ्नु पर्ने भएकोमा प्रकृयानै अघि नबढेको बताए । उपप्रमुखले भने ‘यो मुद्दा विधि र विधान अनुसार अघि बढाउनु पर्दछ, हामी पनि दबाब दिँदै छौ सबै सरोकारवालाको दबाब अनिवार्य र स्वकार योग्य छ ।’ 
अन्तरक्रियामा डा. राजेन्द्र शर्माले नगर अस्पतालका सम्भावित दुई विधिहरू प्रस्तुत गर्दै संघीय सरकारी अस्पतालकोरुपमा स्वास्थ्य मन्त्रालय अन्तर्गत १ सय शैयाको अस्पताल स्थापना वा स्थानीय सरकारले नगर अस्पतालकारुपमा स्थापना गर्दे पूर्णरुपमा उपमहानगरपालिले सञ्चालन गर्ने उनको अवधारणा थियो ।
निवर्तमान नगरप्रमुख तिलक राई, पूर्व नगरप्रमुख मनोज मेन्याङवो, पूर्व संविधानसभा सदस्य किरण राई, कोशी प्रदेश सांसद यशोदा कायस्थ, मुरारी सुवेदी, नरेश शाक्य लगायतले  धारण राखेका थिए । 
मिति २०८१ फाल्गुन २७ गते कार्यपालिका बैठकबाट भएको निर्णय ।
Karyapalika-notice
nagar-aspatal