इटहरी : एसियन हाइवे बिस्तारको लागी इटहरीको मुख्य बजार क्षेत्रका घर तथा भवनहरू भत्काउन सुरु भएको छ ।
स्थानीयले स्वतःस्फूर्त रूपमा घर काट्न तथा भत्काउन थालेका हुन् । 
एसियन हाइवेको काँकडभिट्टा-लौकही सडक आयोजना अन्तर्गत इटहरी खण्डमा एक सय २४ वटा संरचना भत्काउनु पर्ने भएको छ । यस अगाडी नै जिल्ला प्रशासन कार्यालय, सुनसरीले बूढी खोलादेखि लबीपुरसम्म संरचना हटाउन निर्देशन दिएको थियो । सरकारी नक्साअनुसार सडक सीमाभित्र परेकाले मुआब्जा तथा क्षतिपूर्ति उपलब्ध हुने प्रशासनले जनाएको छ । 
एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा सडक निर्माणाधीन अवस्थामा छ ।
काँकडभिट्टा देखि लौकही सम्म ३४ अर्ब ९१ करोड मध्ये एसियाली विकास बैङ्कको ८४.१ प्रतिशत ऋण सहयोग र १५.९ प्रतिशत रकम बेहोर्ने भएको छ । १ फेब्रुअरी २०२४ बाट सुरु भएको योजना २०२७ फेब्रुअरी १ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।asian-highway