धरान : धरानमा गोरु काटेर खाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
सोमबार धरान १२ स्थित स्वस्तीका चोकमा सास्कृतिक अधिकार संरक्षण समितीको स्थापना दिवस मनाएको स्थलबाट पक्राउ परेका हुन । उनीहरु सास्कृतिक अधिकार संरक्षण समितीको १९ औं स्थापना दिवस मनाउन आएका थिए ।
ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले २ महिला ५ पुरुष पक्राउ परेकोे जानकारी दिए । उनले पक्राउ पर्नेहरुको अनुसन्धान भईरहेकोले नाम सार्वजानिक गर्न नमिल्ने बताए ।
डिएसपी जवेगुले भने "थप अनुसन्धान पश्चात नाम सार्वजानिक गछौं ।"