इटहरी : धरान इन्जीनियर्सले एक दिवसीय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
इन्जिनियर दिवसको अवसरमा आयोजित प्रतियोगितामा हलेसी इन्जीनियर्सलाइ २-० गोल अन्तरले पराजित गर्दै धरानले उपाधि हात पारेको हो । 
६५ औँ इन्जीनियर्स दिवसको अवसरमा नेपाल इन्जीनियर्स एसोसिएसन कोशी प्रदेश समितिको आयोजना गरेको प्रतियोगितामा १२ टिमले सहभागिता जनाएका थिए ।
साउन २ र ३ गते इटहरीको पाथीभरा फुटसलमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले गरेका हुन् । 
फुटसल प्रतियोगिताका सहसंयोजक सविनजङ्ग खड्काका अनुसार विजेता धरान इन्जीनियर्सले ३० हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो ।
उपविजेता बनेको हलेसी इन्जीनियर्सले १५ हजार नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र पायो । 
इन्जीनियर्स एसोसिएसनले विगतका वर्षहरूमा इन्जीनियरहरु बिच भाइचारा अभिवृद्धि गराउने विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको थियो ।
सोही क्रममा यसबर्ष फुटसलको माध्यमबाट प्रतिस्पर्धात्मक रूपमा मित्रता बढाउने अभ्यास गरिएको सहसंयोजक खड्काको भनाइ छ ।
dharan-enggering-collage