धरान : नेपाल परिवार नियोजन सङ्घ सुनसरी जिल्ला शाखाको ४६ औँ वार्षिक साधारण सभा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघाको प्रमुख आतिथ्यमा शनिवार सम्पन्न भएको छ ।
सभामा सङ्घले हाल सम्म सामना गर्दै आएको चुनौती भविष्यमा अपनाउनु पर्ने रणनीतिक कार्यदिशाहरूबारे छलफल भएको थियो । सङ्घले अहिलेसम्म हासिल गरेका उपलब्धिहरूका बारेमा अध्यक्ष निर्मला अधिकारीले बत्ताइन् ।
सभामा नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोख्रेल, एमाले अध्यक्ष हर्कजंग एभेङ, जसपा अध्यक्ष ताजुब लिम्बु,नेकपा एसका अध्यक्ष रेवती रमण राई, निवर्तमान मेयर तिलक राई लगायत वडाअध्यक्षहरु तथा सामाजिक सङ्घसंस्थाहरूका अध्यक्षहरूको उपस्थिति थियो ।
pariwar niyojan1
rajnaitik-dal-peiwar-niyoja