धरान : सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष सरोज श्रेष्ठले सङ्घको चुनावको प्रणाली नबुझेकाहरूले सिण्डकेट बारे भ्रामक हल्ला गरेको बताएका छन् । 
उनका अनुसार २० वर्ष अघि सम्म सङ्घको चुनावमा प्रोक्सी भोट हाल्ने चलन थियो ।जसले जति मञ्जरीनामा ल्यायो उसले एक्लै ५० भोट सम्म हाल्थ्यो ।
त्यति बेला २/४ जनाले चाहे अनुसार चुनावको नतिजा आउँथ्यो,त्यसलाई चै सिन्डिकेट भन्न सकिन्थ्यो ।
पूर्व सभापति श्रेष्ठले भने ‘२०६१ सालमा विधान संशोधन गरी उक्त प्रथा हटाइयो र अहिले पूर्ण लोकतान्त्रिक पद्धतिमा १ सदस्य १ भोटको आधारमा मतदान भएर अध्यक्ष लगायत कार्यसमितिको चुनाव हुन्छ, यसलाई सिन्डिकेट भन्नु प्रणाली नबुझेकाले गरेको भ्रामक हल्ला मात्र हो ।’
सङ्घको आसन्न चुनावमा अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठ जिताउन अभियानले आज शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूले गरेको प्रश्नको उत्तरमा उनले भने ‘सङ्घमा लामो समय देखी विभिन्न पदमा रहेर अनुभव हासिल गर्नु भएको गोपाल श्रेष्ठलाई अग्रज व्यवसायी र पूर्व अध्यक्षहरू सबैले समर्थन दिएका छन्, त्यसलाई सिन्डिकेट भनेको हो भने त्यो अग्रजहरूको अपमान हो ।’
राष्ट्रिय यातायात व्यवसायी महासङ्घका प्रदेश संयोजक रहेका श्रेष्ठले यातायात व्यवसायमा सिन्डिकेट चलाएको अनुभव आफूसँग भएको बताउँदै भने ‘सिन्डिकेट भनेको सबैलाई आफ्नो नियन्त्रणमा राखेर संस्था चलाउनु हो ।’ तर सुनसरी उद्योग वाणिज्य सङ्घमा अनुभवीहरूको टिम मिलेर काम नगर्ने हो भने सरकारी नीति, उद्योगी, व्यवसायीको हितमा काम गर्न नसकिने उनले बताए । 
अध्यक्षका उम्मेदवार गोपाल श्रेष्ठ सामान्य कर्मचारी देखी सङ्घर्ष गर्दै सानो देखी अहिले ठ्रला व्यापार व्यवसायमा लामो अनुभव हासिल गर्दै आएका सबै भन्दा बढी अनुभवी उम्मेदवार भएकाले उनीबाट उद्योगी व्यवसायीका हितको काम हुने भएकाले अग्रज व्यवसायी र पूर्व अध्यक्षहरूले समर्थन गरेको बताए ।
पत्रकार सम्मेलनमा उम्मेदवार गोपाल श्रेष्ठले आफ्नो समूहको जित सुनिश्चित भएकोले आत्तिएकाहरू भ्रामक हल्लामा लागेको बताउँदै आफ्नो समूहको २६ सूत्रीय चुनावी घोषणापत्र जारी गरेको बताए ।
उनको घोषणापत्रमा धरानको समृद्धिका लागि उद्योग वाणिज्य सङ्घले गर्नु पर्ने पहल, उद्योगी व्यवसायीका हित र संरक्षणका कार्यक्रम, सङ्घको संस्थागत विकास र कार्यालयको आधुनिक सूचना प्रविधि करण गर्ने बुँदाहरू समेटिएका छन् ।
उनले भने ‘मेरो नेतृत्वको टिम विजयी भएपछि हामीले मतदाता माझ सार्वजनिक गरेका प्रतिबद्धता दृढतापूर्वक कार्यान्वयन गरेर अघि बढ्नेछौँ, मेरो नेतृत्वले टिममा काम गर्छ, एकल ढगंले काम गर्दैन ।’ 
पत्रकार सम्मेलनमा वर्तमान अध्यक्ष विजय श्रेष्ठले उद्योग वाणिज्य सङ्घका टिमको संयुक्त प्रयासमा सबै कार्यहरू हुने भएकोले आफ्नो कार्यकाल उपलब्धिमूलक रहेको बताउँदै भने ‘अघिल्ला कार्यसमितिको सबै भन्दा महत्त्वाकाङ्क्षी कार्यक्रम लगानी सम्मेलन भने विभिन्न परिस्थित र कारण आयोजना गर्न सकिएन ।’ उनले अबको नयाँ नेतृत्वमा लगानी सम्मेलनको जिम्मेवारी सरेको बताए ।
पूर्व अध्यक्ष मोहनकाजी श्रेष्ठले उद्योगी व्यवसायीको हितका लागी सङ्घले सबै भन्दा बढी तिने तहका सरकाको नीति, नियमसंघ सामना गर्नु पर्ने भएकाले त्यसलाई पहुँच बढाएर पनि लबिङ गर्नु पर्ने बताउँदै भने ‘सरकार निकायसँग नरम र कठोर दुवै रणनीतिमा काम गर्ने कुरामा गोपाल श्रेष्ठको नेतृत्व सक्षम रकेको पूर्व अध्यक्षहरू सबैले समर्थन गरेका छौँ ।’
पत्रकार सम्मेलनमा गोपाल श्रेष्ठको प्यानलका उम्मेदवारहरूको परिचय गराइएको थियो । उनको प्यानलमा उद्योग तर्फको सदस्यहरूमा महेन्द्र प्रधान, प्रभाव खतिवडा, विष्णु बराल, कृष्ण प्रसाद पाठक छन्, मिना राई मग निर्विरोध निर्वाचित भेसकैकी छन् । 
वाणिज्य तर्फका सदस्यहरूमा राम स्वरूप शर्मा, किसन मास्के, शैलेस आर्चाय (प्रमोद),विवेक अग्रवाल, शशी साह, नवीन राज भण्डारी, जय प्रकाश शर्मा, अमित अग्रहरी, वर्षा अग्रवाल श्रेष्ठ (महिला) छन् ।
एशोसिएट्स तर्फ सदस्यहरू अशोक जैन, ललित कुमार अग्रवाल, मनिष अग्रवाल छन् । बस्तुगत तर्फ नवीन कुमार तामाङ, नारायण लिम्बु निर्विरोध निर्वाचित भैसकेका छन् ।
gopal-team-udyog-banijya