बराहक्षेत्र : बराहक्षेत्र नगरपालिकाले फलफूल र तरकारी खेती गर्न कृषि फर्म र व्यावसायिक कृषकहरूलाई ५० प्रतिशत अनुदान छुटमा विद्युतीय ढुवानी साधन वितरण गरेको छ ।
नगरपालिकाको वार्षिक स्कीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक कृषि फर्महरूलाई विद्युतीय ढुवानी साधन वितरण गरिएको हो ।
५० प्रतिशत अनुदान छुटमा नगरपालिकाले व्यावसायिक कृषकहरूलाई सहयोग तथा प्रवधनसंगै उत्पादन भएका सामाग्रीहरू छिटो र सजिलै बजारसम्म सहजताकालागि  उक्त विद्युतीय ढुवानी साधन वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।
नगरपालिकाले गरेको आवेदन मागको सूचनाको आधारमा निवेदन प्राप्त कृषकहरू छनोटकालागि अनुगमन गरे पश्चात् व्यावसायिक फलफूल र तरकारी खेती गर्न कृषि फर्महरू विष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था, दाजुभाइ कृषि फार्म र पृतिचन माझीलाई छनोट गरी वितरण गरिएको  आर्थिक विकास समितिका संयोजक तथा वडा नं १० का अध्यक्ष तेज बहादुर गरुङ्गले बताए । 
लाभग्राही कृषि फर्म र कृषकहरूलाई उक्त सामाग्री बिहीबार वितरण गरिएको थियो । उप प्रमुख नन्द कुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल आर्थिक विकास संयोजक तेजबहादुर गुरुङ , प्राविधिक शाखा प्रमुख  राजु भट्टराई ,  कृषि विकास शाखाका प्रमुख तुलसा लिम्बु लगायतले हस्तान्तरण गरेका थिए ।
लाभग्राही कृषि फर्म र कृषकहरुलाईले ५० प्रतिशत अनुदान स्वरूप २ लाख १० हजार रकम छुट प्राप्त गरेका छन् । वितरण भएका उपकरणले कृषकको श्रम र समय दुवै बचत हुनुका साथै उत्पादनको मूल्य संरक्षण र बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको कृषि विकास शाखाका प्रमुख तुलसा लिम्बुले बताईन् ।