धरान: धरान सिटी क्लब धरानको आयोजनामा क्लब स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दे क्लब स्तरीय फुटबल प्रतियोगिता भदौ २८ गतेदेखि असोज ४ गतेसम्म गर्ने जानकारी दिएको हो । 
क्लबका अध्यक्ष विवेक राईले फुटबल खेललाई प्राथमिकतामा राखेर फुटबल खेलको श्रीवृद्धि कोलागि फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए । 
धरान १६ स्थित रङ्गशालामा आयोजना हुने प्रतियोगिता नक आउट आधारमा खेलाइने अध्यक्ष राईले बताए । प्रतियोगितामा आयोजक क्लब सहित धरानका ८ वटा क्लबहरूले प्रतिस्पर्धा गर्ने जनाइएको छ 
धरान सिटी रनिङ कप प्रतियोगिताको विजेताले नगद एक लाख, र उपविजेताले नगद पचास हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र गर्नेछन् । 
यस्तै प्रतियोगितामा प्रत्येक  दिनको म्यान अफ द म्याच, वेस्ट प्लेयर, वेस्ट डिफेन्स,वेस्ट गोलकिपरलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । क्लबले प्रतियागताका लागि अनुमानित १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरैको छ ।