वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पाठ्यपुस्तक लोकार्पण गरेको छ । नगरपालिकाले मङ्गलवार कक्षा १ देखि कक्षा ५ सम्मका कक्षाकालागि तयार पारेको " हामी र हाम्रो वराहक्षेत्र " नाम पाठ्यपुस्तक लोकार्पण समेत गरेको छ ।
नगरपालिकाले कक्षा १ देखि कक्षा ५ सम्मका कक्षामा " हामी र हाम्रो वराहक्षेत्र " नामक स्थानीय पाठ्यपुस्तक निर्माण गरेको थियो ।
वराहक्षेत्र नगरपालिकाको स्थानीय पाठ्यपुस्तक कक्षा १-५ कार्यान्वयन एवम् लेखन समिति सदस्य सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रम आयोजना मार्फत उक्त स्थानीय पाठ्यपुस्तक नगर प्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, शिक्षा विकाश तथा समन्वय इकाई सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्ल, वडा नं.८ का अध्यक्ष रोशन खड्का, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारतीले संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीय पाठ्यपुस्तक लेखन समितिका सदस्यहरू प्रध्यानाध्यापकहरु चूडामणि खनाल, वालकृष्ण अधिकारी, चण्डीराज पोखरेल, भोजराज न्यौपाने, लक्ष्मीप्रसाद लिम्बू,गङ्गाप्रसाद यादव,इन्द्रबहादुर बस्नेत, विषय विज्ञ प्रह्लाद भट्टराई, ज्ञानबहादुर पाण्डे, हिरामणि पौडेल, शिक्षकहरू राजेन्द्र बस्नेत, हर्कबहादुर दुलाल, राजकुमार खड्का, चेतराज भट्टराई, चन्द्रप्रसाद सिग्देल, युवा तथा खेलकुद शाखाका प्रमुख उत्तम राज भारती र प्राविधिक सहायक स्वस्तिक धमलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा शिक्षा विकाश तथा समन्वय इकाई झापाबाट शिक्षा विकाश तथा समन्वय इकाई सुनसरीमा प्रमुखको रूपमा आउनु भएका प्रमुख देवेन्द्र बहादुर मल्ललाई स्वागत तथा सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा शिक्षा समितिका सदस्य तुलसा राई ,प्यासपन वराहक्षेत्रका अध्यक्ष खेमराज राई , जडेज माबिका प्रधानाध्यापक योगराज पौडेल, बिपी आधारभूत विद्यालयका प्रधानाध्यापक गोकुल गुरागाईँ , राधाकृष्ण संस्कृत गुरुकुल माबिका प्रधानाध्यापक जमुना दाहाल ,हुल्लु आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता दाहाल लगायतको सहभागिता रहेको थियो ।