धरान : ज्योतिराज राई प्रस्तुत कर्ता रहेको फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा) फष्टलुक्स सार्वजनिक भएको छ ।
मङ्गलवार निर्माण युनिटले फिचर। फिल्म फष्टलुक्सको पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकारमा भुवन सिंह राईलाई प्रस्तुत गरिएको छ । पोस्टरको पुष्टभुमिमा देखिएको काठमाडौँ शहर र बिजुवा समेटिएको छ ।

पोष्टरले गहिरो विषयवस्तु प्रस्तुत गरेको प्रस्तुत कर्ता राईले बताए । फिल्ममा भुवन सिंह राई, यासेली योङ्हाङ, सागर केरुङ ,बबिन राई ,शुष्मा सुब्बा गुरुङ, सारा राई, ताया हाङ राई, अनुशा राई, सरोज राई, उत्तम राई, पूर्ण लिम्बु, त्रिचु राई, दिनेश कोइराला, हेम दिलुङ्छा राई, उदय सुब्बा कुरुङ्बाङ,विनोद पोमो , तुलशा लिम्बु , मदन खोदूङ राई ,ससिता राई रसा लिम्बु ,मिसन बान्तवा राई र बाल कलाकार जेशन राई लगायतको अभिनय रहेको छ ।
फिल्मको निर्देशन किरण राईले गरेका हुन् । किरणको यो निर्देशनमा तेस्रो फिल्म हो । ज्योतिराजले यसअघि ‘लुङा’ र जिउपंचौ’ निर्देशन गरेका थिए । फिल्ममा लेखन समेत किरणकै छ पोपीराज राई निर्माता रहेको फिल्मको छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् ।
फिल्ममा राजन मुकारुङ र विष्णु किराति को रचना,दिनेश काजी बान्तवा, अनिल कोई राईको सङ्गीत तथा नोगेन लिम्बु र परेस राईको स्वर रहेको फिल्मको मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन् ।
फिल्मका कार्यकारी निर्माता रामु श्रेष्ठ रहेको फिल्मको पटकथा सम्पादन निर्देशक किरण र निर्माता ज्योतिराजले मिलेर तयार पारेका हुन् भने पार्श्व सङ्गीत मोनिष निरौला , कलर अनिल राना र ध्वनि संयोजन र मिक्सिङ सागर अर्यालले गरेका छन् भने निर्माण नियन्त्रक दोय गिरीराज राई र कमल लिम्बु (सार्के)रहेका छन्।
निर्माता ज्योतिराजले फिल्मको निर्माण आफ्नो परम्परा जोगाएर पुस्तान्तरण गर्नु रहेको बताए । हरेक चाड, विवाह, कुलपितृ, मर्दा पर्दा,रीति भेसभुषामा आवश्यक बिजुवा ( नाकछोङ )को संरक्षणका लागि फिल्म निर्माण गरिएको हो ।
फिल्मको प्रदर्शन मिति जुर्न बाँकी रहेको छ । फिल्म स्वदेशी तथा विदेशी अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शनपछि मात्र सार्वजनिक प्रदर्शनमा आउँने निर्माता राईले बताए । निर्माता राईले यसअघि ‘लुङ्गा’,संगम,त्रिवेणी,पापी मान्छे,वान वे प्रोडूसर,लगायत फिल्म का साथै चर्चित टिभी सिरिजहरु पनि निर्माण गरेका छन् ।