धरान : धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङले श्रमदानका नाममा गैरकानुनीरुपमा उपमहानगरपालिकाको बजेट प्रयोग गर्दे किर्ते फायल खडा गरेको उपप्रमुख अईन्द्र विक्रम बेघाले आरोप लगाएका छन् ।
उपप्रमुख बेघाले बिहीबार उनकै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दे धरान–१६ स्थित बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा संलग्न श्रमदाताहरूको नाममा नगर प्रमुख साम्पाङले आफैले फायल खडा गरेको आरोप लगाएका हुन ।
उनले भने ‘मलाई कर्मचारीले दिएको फाईलमा डोर हाजिरमा कैफियतमा केही उलेख्य छैन । तर हाल आएर नगर प्रमुखले फाईलमा कोरमेट गरेका हुन ।’ उपप्रमुख बेघाले फायल देखाउँदै भने ‘नगर प्रमुखले कैफियत पछि थप्दै प्रक्रिया र विधि विपरीत नयाँ फायल खडा गरी गैर कानुनी रूपमा किर्ते काम गरेका हुन ।’
उपप्रमुख बेघाले भने ‘नगर प्रमुखले कानुनी रूपमा भ्रष्ट्राचार गरेकै हुन, कैफियतमा के लेखे त्यो कानुनले चिन्दैन र कानुनले मान्दैन ।’ उक्त फायल आफूले अनुगमन गर्दिन र हेर्दिन भनेर फालेको फायल भएको बताए ।
उनले भने ‘मेरो टेबुलमा आएको फायल नै मेरा लागि आधिकारिक हुन्छ, लिखितरुपमा आएको फायल नै कानुनी हुन्छ, डोर हाजिर मा पैसा लिए भनेर हस्ताक्षर गरेपछि लिएको हुन्छ ।’
पैसा लिएको मान्छेले लिईन भन्छ भने र लिएको मान्छेले लिएको छुईन रेकर्डका लागि मात्र हाजिर गरे भन्छ भने पनि कानुनी रूपमा सजाय हुने उनले बताए । उनले भने ‘कानुनी रूपमा त्यो भ्रष्ट्राचार जान्छ, कानुनले कागज मात्र हेर्छ, अरू मौखिक समझदारी हेर्दैन ।’
उनका अनुसार नगर प्रमुखले आफै फायल खडा गर्ने, वडा अध्यक्षको काम कारबाहीमा हस्तक्षेप गर्ने, डोर हाजिरमा सरकारी कर्मचारी प्रयोग गरेको पाइएको छ । उपप्रमुखले भने ‘पहिला भैसकेको कामको ईस्टमेट हाल मात्र गरेको, १५ दिन अगाडी कार्य सम्पन्न भएपछि सम्झौता गरेको पाइएको छ ।’
श्रमदान लगातार १ गते देखि १३ गते सम्म भएको भनी डोर हाजिर गरिएको छ । हुँदै नभएको कामको दिनको पनि डोर हाजिर गरेको छ । डोर हाजिरमा एकै जनाले एउटै किसिमको हस्ताक्षर गरेको छ ।
फाईलमा कुन साल महिना र गतेमा काम भएको भनी उल्लेख गरिएको छैन । श्रमदान भन्दै नगरपालिकाबाट श्रमदातालाई तलब भुक्तानी गरेको पाइएको छ । उपभोक्ता समिती आफै खडा गरी नगरपालिकाको जेसीवि, दमकल प्रयोग गरेको पाइएको उपप्रमुख बेघाले बताए ।
उनले भने ‘नगर प्रमुखले आफनै खुसीले अझै ५ देखी ६ वटा योजना सुरु गर्नु भएको छ, अब थप त्यो योजनाको पनि पर्दाफास हुन्छ ।’ चाडै पर्दाफास गरिने उनले उद्घोष गरे ।
नगर प्रमुखले माया धराने साबुन, बेसार फ्याक्ट्री, पार्क र श्रमदान भनिएका योजनाहरूमा समेत श्रमदाताहरूलाई डोर हाजिर गर्न लगाई रकम निकासा गरेको खुलासा गर्ने उनले बताए । भने ‘त्यो फायल म सँग सुरक्षित छ, अब फेरी किर्ते हाजिर हुन सक्छ ।’
बेघाले आफूलाई सोमबार नगरप्रमुख साम्पाङका समर्थकहरूले खुकुरी नै लिएर आक्रमण गर्न खोजेको बताउँदै भने ‘खुकुरी बोक्नेको पहिचान हुदैछ मुद्दा जाहेरी गरेको छु ।’ नगर प्रमुखले विधि प्रक्रिया र कानुनको बर्खिलाप गरेका छन् यो निन्दनीय छ ।
आफूबाट कुनै पनि काम ऐन, कानुन, विधि विधान विपरीत हुन नसक्ने बताए । सामाजिक सञ्जालमा ‘ चाबी चार’ भनी अमर्यादित भाषामा लेखेको स्ट्याटस निराधार रहेको बताउँदै भने ‘नगर प्रमुख हर्क साम्पाङ आफै चाबी चोर हुन ।’
चाबी चोर स्ट्याटस लेख्नेको पहिचान भई सकेको उनी माथि कानुन बमोजिम कारबाही अघि बढ्ने उनले बताए ।
यस्तो छ निर्माणाधीन बहुभाषिक पाठशाला निर्माण स्थल वरिपरि तारजाली लगाउन बनेको समिति सम्बन्धित कागजातहरू :