धरान: सिन्धुली जिल्ला हुँदै सुनसरीको वराहक्षेत्र स्थित सप्तकोसीमा नदीमा आउने सुनकोशी नदीमा ठुलो बाढी आउन सक्ने भनी सिन्धुली जिल्ला प्रशासनले सतर्क रहन बुधवार सार्वजनिक सूचना जारी गरेको छ ।
जिल्ला प्रशासनको सूचनामा चिनिया प्रहरी कार्यालयबाट प्राप्त सूचना अनुसार चीनको तिब्बत क्षेत्रमा असार ७ गते सम्म अत्यधिक वर्षा हुने देखिएकोले त्यहाँबाट नेपाल तर्फ बग्ने नदीहरूमा ठुलो बाढी आउने सम्भावना रहेको जनाएको छ ।
नेपालको सिन्धुपाल्चोक हुँदै बग्ने भोटेकोशी र सूनकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरूले त्यहाँको जिल्ला प्रशासनले बाढीको जोखिमबाट सतर्क रहन अनुरोध गरेको सूचनामा उल्लेख गरेको छ ।
सिन्धुलीमा सूनकोशी नदी आसपास सुनकोशी, गोलञ्जोर र फिक्कल गाउँपालिकाका बासिन्दालाई जिल्ला प्रशासनले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सुनकोशी नदी सुनसरीमा वराहक्षेत्र–धनकुटा–भोजपुरको त्रिवेणिबाट सप्तकोशी नदीमा आएर मिसिन्छ । सुनकोशीमा आउने बाढीले कोशी नदीमा पनि बढीको परिमाण बढाउन सक्छ ।
507047249_1367511137875269_7682351010576290113_n