विराटनगर: नोबेल अस्पतालमा एक ८० वर्षीय वृद्ध पिता आफ्ना छोरा जीवन मृत्युको दोसाँधमा रहेको अवस्थामा उपचारका लागि याचना गरिरहेका शनिवार भेटिए ।
तेह्रथुम जिल्ला फेदाप गापा–२ का ४५ वर्षीय छोरा महाप्रसाद दुलाल आन्द्रा बटारिने ‘इन्टेस्टीनल अब्स्ट्रक्सन नामक जतिल र पीडादायी रोगले जीवन मृत्युको दोसाँध अवस्थामा नोबल अस्पतालमा उपचारका लागि लिएर आएका छन् ।
बिरामीका वृद्ध पिता लेखप्रसाद दुलालले भने ‘गाउँलेका केही सहयोग लिएर अस्पताल आइपुगियो, तर आर्थिक अभावले छोराको उपचार सुरु गर्न सकिएको छैन ।’ छोराको उपचार कसरी गरौँ ? आफैँ जीवनको अन्त्य तिर पुगेको बेला भनी सहयोग दाताहरूसँग याचना पु¥याइदिन उनी भेट्ने जति सबैलाई आग्रह गरिरहेका छन् । 
महाप्रसादको रोग समयमै शल्यक्रिया नगरे ज्यान गुमाउने अवस्था समेत आउन सक्ने चिकित्सकहरूले बताएको सुनाउँदै उनले भने ‘छोराको रोगले मर्ने बेलामा घरबार लथालिङ्ग देख्नु प¥यो’, सहयोग पाए आड भरोसा हुन्थ्यो कि ?’ 
महाप्रसादको रोग ६ महिना अघि पनि देखिएको थियो । गाउँघरबाट चन्दा, ऋण र छरछिमेकको सहयोगमा जुटाएर नोबेल अस्पतालमा पहिलो पटक शल्यक्रिया गरिएको थियो । उपचारपछि उनी केही समयका लागि सामान्य भए पनि रोग फेरि बल्झिएको हो । 
अहिले आन्द्राको अर्को भागमा समस्या देखिएको छ । तत्काल पुनः शल्यक्रिया आवश्यक परेको चिकित्सकहरूले बताएका छन्न । पुरानै ऋण अझै तिर्न नसकिएको बताउँदै बिरामी महाप्रसाद भन्छन् ‘हातमुख जोर्नै कठिन भएको बेला उपचारको अर्को चरण सुरु गर्नु मेरो लागि सम्भव भइरहेको छैन ।”
महाप्रसादका ८० वर्षीय पिता लेखप्रसाद आफैँ घुँडाको समस्याले थला परेका छन् । तीन वर्षअघि श्रीमतीको मृत्यु भएपछि महाप्रसाद माथि १४, ११, ८, र ३ वर्षका छोरा–छोरीहरू साथै ८० वर्षीय बुबाको जिम्मेवारी छ । 
रोगसँग लड्दै परिवार चलाउनु, सन्तानको हेरचाह गर्नु, वृद्ध बुबाको सेवा गर्नु उनले धान्न सक्ने अवस्था नरहेको महाप्रसाद बताउँछन् ।
जटिल रोगसँग लडिरहेका महाप्रसाद उनको उपचारमा सहयोग गर्न चाहनेहरूले उनको बैङ्क खातामा आर्थिक सहयोग गर्न सकिने छ । महाप्रसादका अनुसार उनको बैङ्क खाता हरिप्रसाद दुलाल, एभरेस्ट बैङ्क ली. इटहरी खाता नम्बर ००८००५०१२०५५७३ हो ।