धरान : रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिगमा आफ्नो पहिलो उपाधि जितेको छ।

मङ्गलवार खेलिएको फाइनलमा टोलीले पञ्जाब किंग्सलाई ६ रनले पराजित गरेको हो। यससँगै आइपिएलले १८ औँ सिजनमा आठौँ च्याम्पियन टोली पाएको छ।यसअघि चेन्नई सुपर किंग्स (५ पटक), मुम्बई इन्डियन्स (५ पटक), कोलकाता नाइट राइडर्स (३ पटक), राजस्थान रोयल्स (१ पटक), डेक्कन चार्जर्स (१ पटक), सनराइजर्स हैदराबाद (१ पटक) र गुजरात जायन्ट्स (१ पटक) च्याम्पियन बनिसकेका छन्।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले ७ विकेट गुमाउँदै १८४ रन मात्र बनाउन सक्यो। पञ्जाबका सशंक सिंहले सर्वाधिक ६१ रन बनाए। अविजित रहेका उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे।

जोश इङ्लिसले २३ बलमा १ चौका र ४ छक्कासहित ३९ रन बनाए। प्रभसिमरन सिंहले २२ बलमा २ छक्कासहित २६ रन बनाए। प्रियांश आर्य २४ र नेहल वधेरा १५ रनमा आउट भए।

बैंग्लोरलाई उपाधि दिलाउन भुवनेश्वर कुमार र कृणाल पाण्ड्याले समान २ विकेट लिए। 

आइपिएल विजेताहरू

राजस्थान रोयल्स : २००८ 

डेक्कन चार्जर्स : २००९ 

चेन्नई सुपर किंग्स : २०१०  

चेन्नई सुपर किंग्स : २०११ 

कोलकाता नाइट राइडर्स  : २०१२

मुम्बई इन्डियन्स : २०१३ 

कोलकाता नाइट राइडर्स : २०१४

मुम्बई इन्डियन्स : २०१५

सनराइजर्स हैदराबाद : २०१६

मुम्बई इन्डियन्स : २०१७ 

चेन्नई सुपर किंग्स : २०१८ 

मुम्बई इन्डियन्स : २०१९

मुम्बई इन्डियन्स : २०२० 

चेन्नई सुपर किंग्स : २०२१

गुजरात टाइटन्स : २०२२

चेन्नई सुपर किंग्स : २०२३

कोलकाता नाइट राइडर्स : २०२४

रोयल च्यालेन्जर्स बेंगलुरु : २०२५

अहिलेसम्म मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सले सबैभन्दा धेरै ५-५ पटक उपाधि जितेका छन्। कोलकाता नाइट राइडर्सले ३ पटक, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जर्स, गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले १-१ पटक उपाधि जितेका छन्।