धरान : वडासदस्य जसरथ सुब्बा थलङको असामयिक निधनमा शोक मनाउन आज आइतबार धरान उपमहानगरपालिका शोक बिदामा बन्द रहने छ ।
धरान-१९ का वडा  सदस्य थलङको हिजो शनिवार असायीक निधन भएको थियो । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए । 
पेशाले निर्माण व्यवसायी सुब्बा सामाजिक, धार्मिक सेवाका गतिविधिहरूमा पनि सक्रिय थिए । उनी धरान-१९ स्थित किरातेश्वर मावि शिक्षक अभिभावक सङ्घका अध्यक्ष थिए ।
किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्लका संस्थापक सदस्य थलङ धरान-१९ स्थित किरात माङहिमका पनि संस्थापक थिए ।
उनको निधनमा धरान उपमहानगरपालिका मातहतका अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू शोक बिदामा बन्द रहने उपमहानगरपालिका कार्यालयद्वारा आज जारी सूचनामा जनाइएको छ ।