धरान: नेकपा माओवादी केन्द्रीय सदस्य अजम्बर काङमाङले मुलुकमा गणतन्त्रवादीबाटै गणतन्त्रलाई खतरा भएको बताएका छन् । 
गणतन्त्रलाई राजावादी ज्ञानेन्द्र र हदयेन्द्रबाट खतरा नभएको बताउँदै उनले गणतन्त्रवादी हु भनी गणतन्त्रवादीको टोपी लगाउने गणतन्त्रलाई खतरा भएकोले गणतन्त्रलाई प्रहार गर्ने विरुद्ध एकजुट  भएर प्रतिवाद गर्न जरुरी भएको बताए ।  
धरानमा माओवादीद्वारा भानु चोकमा आज बिहीबार साँझ गरिएको दिपप्रज्वलनमा उनले उक्त कुरा बताएका हुन । उनले भने ‘म शत्रुबाट बच्न सक्षम छु तर मित्रबाटै खतरा छ भने विवेक पुर्‍याउन जरुरी हुन्छ ।’
गणतन्त्र सजिलै नआएको कसैले मोटाएर मोटाउन नसक्ने बताउँदै अहिले गणतन्त्रमा प्रश्न उठाउने निरर्थक दुष्प्रयास विरुद्ध प्रतिवाद गर्न आव्हान गरे । गणतन्त्र आउनु भन्दा पहिले राजावादी हु भन्नेहरूले देशमा गणतन्त्र आउनु भनेको ‘बयल गाडीमा बासिङटन डिसी पुग्नु जस्तै हो’ भनेर गिज्याउनेहरू अहिले गणतन्त्रको लागि खतरा भएको बताए ।
नगर अध्यक्ष उद्धव लिम्बुले जेठ १५ गते नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्याय सहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको दिन भएको बताए । वंशगत राजतन्त्रलाई जनताले जितेको दिन भएकोले गणतन्त्र दिवस मनाइएको बताए ।
gantatra-diwas-1