धरान : इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोलीले धरान–१ का २६ वर्षीय रुस्तम राई र धरान–१३ की भावना गुरुङलाई शनिवार लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई ४९० मिलिग्राम ब्राउन सुगर र नगद ३८ हजार ८ सय रुपैयाँ सहित पक्राउ गरेको हो ।
यसै गरी बिर्तामोड–४ का २६ वर्षीय सन्जोग लिम्बु ६६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ परेका छन् । लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले चेकजाँच गर्दा व्राउनसुगर सहित पक्राउ परेको हो । 
दमक–३ का १९ वर्षीय मिङ्सो लिम्बुलाई ९ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय गौरीगंजको प्रहरी टोलीले पक्राउ गरेको छ ।