धरान: किरात याक्थुङ चुम्लुङ सुनसरी जिल्ला समितिको अध्यक्षमा शिव सुब्बा इस्वो निर्विरोध निर्वाचित भएका छन् ।
चुम्लुङ हिममा शनिवार भएको १० औँ जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति निर्वाचनका लागि १२ बजे राती सम्म रस्साकस्सी चलेको थियो । अध्यक्षका अर्का प्रत्याशी उदय कुरुम्भङले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन ।
अधिवेशनले उनको अध्यक्षतामा राष्ट्रिय चुम्लुङ सदस्य ३ जना सहित २३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । कार्यसमितिमा ५ जना सदस्य थप समितिको पहिलो बैठकले मनोनयन गर्ने निर्वाचन समितिका संयोजक चुम्लुङ केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवाले बताए ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष द्वय किरण थेबे, इन्द्र नाल्वो, सचिव पद्मादेवी पंथाक, सहसचिव सुवास हुक्पाचोङबाङ र पूर्णकला तयुङ, कोषाध्यक्ष राजेन्द्र सिंगक रहेका छन् ।
कार्यसमिति सदस्यहरूमा किशोर सम्बाहाङफे, कल्पना मेन्याङबो, जयकुमार हुक्पाचोङबाङ, हरिप्रसाद लिम्बु, भिमकुमार लिम्बु, दुर्गाबहादुर लिम्बु, सुरवीर लिम्बु, केशरमान लिम्बु, दिलिता सम्बाहाङफे, देउमान ताप्मादेन, रिता खापुङ,अमर इजम, सरगम सागर चेम्जोङ छन् ।
अधिवेशनले राष्ट्रिय चुम्लुङ सदस्यमा नरेश इङवारम, ताजुब लिम्बु र उदय कुरुम्बाङलाई निविरोध निर्वाचित गरेको छ । 
निर्वाचन समितिमा संयोजक डा.योगेन्द्र पालुङवा, हर्ष सुब्बा, जीवनकुमार शर्मा चन्द्रमाया लिम्बु, महेश्वर लिम्बु थिए । 
यसअघि बिहान अधिवेशनको उद्घाटन चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । उनले चुम्लुङ अहिले लिम्बु समुदायका मुक्कुमलुङ÷पाथीभरामा ‘नो केबलकार’, प्रदेश १ को कोशी नाम खारेजी, सहित भाषा, संस्कृति, इतिहासको रक्षाका लागि जीवन मरणको सङ्घर्षमा रहेको बताए । 
उनले भने ‘सङ्घर्षको यो चुनौतीपूर्ण अवस्थामा चुम्लुङलाई थप सशक्त बनाउनु पर्ने बेला छ, त्यो सशक्तीकरण चुम्लुङको जिल्ला र स्थानीय तहहरूको साङ्गठनिक नेतृत्व क्षमतामा निर्भर हुन्छ ।’
जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविबक्रम बेघा लगायत आदिवासी जनजाति महासङ्घ सम्बद्ध जातीय संस्थाहरूका अतिथिहरूले शुभकामना प्रकट गरेका थिए ।
chumlung1