युएईबाट इश्वर श्रेष्ठ
बुढासुब्बा गोल्डकप फुटबलको संयुक्त अरब इमिरेट्स (युएई) संस्करणको रूपमा प्रथम बुढासुब्बा सेभेन ए साइड फुटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।
प्रतियोगिता युएई स्थित हेल्पिङ हेण्डस, धरान युनाइटेड स्टार फुटबल क्लब र युएई नेपाली फुटबल सङ्घको संयोजनमा भएको हो ।
अल जोकर फुटबल मैदानमा सञ्चालन भएको प्रथम युएई संस्करणको बुढासुब्बा फुटबलको उपाधि नखिल गोर्खा फुटबल क्लबले चुमेको छ ।
७/७ जनाको सभेन ए साइड प्रतियोगितामा २६ टिम सहभागी थिए । प्रतियोगिताको खेलहरूमा आयोजक धरान युनाइटेड स्टार फुटबल क्लबले फूलबारी फुटबल क्लबलाई २-१ गोलले पराजित गर्यो । नखिल फुटबल क्लबले लमजुङ फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्यो ।
रोयल गोर्खा फुटबल क्लबले फूलबारी फुटबल क्लबलाई पेनाल्टी सुट आउटमा पराजित गर्यो । यूथ स्पोर्टिङ फुटबल क्लबले लाली गुराँसलाई पराजित गरी सेमी फाइनलमा प्रवेश गरेको थियो ।
सेमी फाइनलमा धरान युनाइटेड स्टार र यूथ एस्पोर्टिङ, रोयल गोर्खा र नखिल बिच भएको खेलबाट फाइनलमा धरान युनाइटेड स्टार र नखिल गोर्खा प्रवेश गरेको थियो । फाइनल खेलमा नखिल गोर्खाले धरान युनाइटेडलाइ ४–० ले पराजित गर्दै विजेताको उपाधि चुमेको हो ।
प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि धरान हेल्पिङ हेण्डस्, ग्लोबल एनआरएनए युएईका सल्लाकार सुधीर थापाले गरेका थिए । विशेष अतिथिमा आदिवासी जनजाति महासघ युएई अध्यक्ष विक्रम लिम्बु, नेपाली समाज युएई सचिव सुरेन तामाङ, प्रवासी नेपाली सम्पर्क विभाग अध्यक्ष सुजन थापा थिए ।
यस्तै प्रवासी नेपाली मञ्चका अध्यक्ष बाबुराम सापकोटा, सुमन भण्डारी, सिद्धार्थ बैक युएई प्रमुख मित्र नवीन पौडेल, नेवा: पुचः युएई सल्लाहकार विष्णुलाल श्रेष्ठ, सदस्य नवराज श्रेष्ठ, तनहुँ समाज युएई अध्यक्ष राजु तिम्सिना, युएई नेपाली फुटबल सघ संस्थापक अध्यक्ष मुक्ति गुरुङ, वर्तमान अध्यक्ष अनिल शेर्पा, संरक्षक कुल लेप्चाज्यु सहित दर्शक ७०० जना भन्दा बढीको उपस्थिति थियो ।
समापनमा प्रमुख अतिथि सुधीर थापा, एन्फा संरक्षक कूल लेप्चा, ग्रिन स्काइ ट्राभल्स सञ्चालक पूर्ण ओली र धरान हेल्पिङ ह्यण्ड्सका पदाधिकारीले पुरस्कार वितरण गरे ।
पुरस्कार स्वरूप विजेता नखिल गोर्खालाई नगद ५००० दिराम प्रदान गरियो । उपविजेता धरान युनाइटेडले २५०० दिरामका साथै उत्कट डिफेन्डर, उत्कट फरवार्ड र उत्कट प्रशिक्षकको पुरस्कार प्राप्त गरेको छ ।
फूलबारी फुटबल क्लब अबुधाबीले फेयर प्लेको उपाधि हासिल गरेको छ । समापनमा प्रतियोगीताका उत्कट गोलकिपर, हाइस्कोरर, उत्कट खेलाडी र उत्कट व्यवस्थापक उपाधिसँगै पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका लागि २२ वटा व्यावसायिक सस्थाहरु सहयोग गरेका थिए ।