धरान : उदयपुरको कटारीमा मङ्गलवार दिउँसो वर्षाका बिच परेको चट्याङमा वडा ८ का मानबहादुर मगरको १२ वर्षीय छोरा चित्रबहादुर मगरको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार चित्रबहादुर घर नजिकै रहेको जङ्गलमा बाख्रा चराउन गएका थिए । सोही बेला परेको वर्षा सँगै चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
सोही दिन बेलुका ६ बजे खोटाङको ऐसेलुखर्क-७ का ३९ वर्षीय विकास राईले करेन्ट लागेर मृत्यु भएको छ ।
विद्युतको पोलमा रहेको ट्रान्सफर्मरमा फ्युज जोड्ने काम गरिरहेका राईलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङको टोलीले शवको पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाएको छ ।