धरान : उदयपुरको बेलका-८ कोठुमा पर्ने कोशी नदीको पुलबाट मङ्गलवार बिहान हाम्फालेका बराहक्षेत्र-१ का ५२ वर्षीय मकरजंग राईको उद्धार गरी उपचारको क्रममा मृत्यु भएको छ ।
राईले पुलबाट हाम्फाल्ने बित्तिकै स्थानीयले अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी गराएका थिए । लगत्तै उद्धारमा खटिएका प्रहरी टोलीले उनलाई जिउँदै नदीबाट उद्धार गरेको थियो ।
गम्भीर घाइते भएका राईलाई उपचारका लागि वीपी प्रतिष्ठान पुर्‍याइएकोमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।