काठमाण्डौं : गायिका शान्ती परियार र गायक विवेक खत्रीको स्वरमा रहेको ’वनको तरुल’गीतको सार्वजनिक भएको छ ।
’वनको तरुल’ गीतले नेपाली लोक सङ्गीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ ।
नन्दनी पिरतीको दिल, लौननी भैया हान्देउ गुलेलीले, डोरी बाटेर, देउन त्यो मन जस्ता लोकप्रिय गीतका सर्जक विक्रम बावु विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा विश्वास नेपालले गीतलाई एरेन्ज गरेका छन् ।
सुनिल भण्डारीको छायाङ्कन, नवीन धर्ती मगरको सम्पादन तथा कमल भक्तको कोरियोग्राफी तथा निर्देशनमा रहेको गीतमा सरद एल जी, गोविन्द विवस र कृपा पौडेलको अभिनय रहेको छ ।
सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ ।