विराटनगर : विराट क्याम्पस (सोम्स) ले विभिन्न सङ्कायमा उत्कृष्ट गर्ने ७ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ ।

एसिसिएको काठमाडौँ देखि बाहिर सोम्स कलेजमा रहेको एक मात्र परीक्षा केन्द्र सिबिइ सेन्टरमा पहिलो तहको बोर्ड परीक्षामा ९४% अङ्क प्राप्त गरी अप्रिल महिनामा उत्कृष्ट नतिजा ल्याउन सफल छात्र सम्पन्न श्रेष्ठ सहित ७ जनालाई कलेजले सम्मान गरेको हो ।

त्यसैगरि आन्तरिक परीक्षामा प्रकाशित नतिजाबाट उत्कृष्ट भएका कक्षा ११ र १२  का विद्यार्थीलाई पनि कलेजले आज सम्मान गरेको जानकारी दिएको छ ।

विराट क्याम्पसले प्रत्येक वर्ष उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई कलेजका संस्थापक तथा सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले सम्मान गरे ।

सम्मान कार्यक्रममा कक्षा ११ का उत्कृष्ट छात्र आशिक यादव, कक्षा १२ का प्रथम छात्रा काजल झा त्यसैगरी एसिसिएका उत्कृष्ट छात्र सम्पन्न श्रेष्ठले विराट क्याम्पसको फरक शिक्षण विधि र उत्कृष्ट शैक्षिक वातावरणले गर्दा नै आफूहरू राम्रो रिजल्ट ल्याउन सफल भएको बताए ।

विराट क्याम्पसलाई विराटनगरमा सबै भन्दा पुरानो र उत्कृष्ट शैक्षिक वातावरण भएको शैक्षिक संस्थाको रूपमा चिनिन्छ।