धरान : प्रहरीले ट्रकमा लोड गरेर गाँजा ओसार पसार गरिरहेको अवस्थामा सोमवार राती धनकुटा चौबिसे गापा-५ बाट ३५ बोरा ९९ केजी ४६ ग्राम गाँजा पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ना ५ख ६१५७ नम्बरको ट्रकमा लोड गरिएको गाँजा सहित चालक चौबिसे-५ का मनोज लिम्बूलाई नियन्त्रणमा लिइएको छ ।
इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकको प्रहरी टोलीले पूर्व सूचनाको आधारमा ट्रक सहित गाँजा र चालकलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरीको बर्जू गापा-३ बाट पिकअप भ्यानमा ६ बोरा ९१ केजी ९९३ ग्राम गाँजा सहित चालक धनकुटा-९ का उद्धव भण्डारी र सहचालक कविराज राईलाई पक्राउ गरेको छ ।
प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप भ्यास सहित उक्त गाँजा इलाका प्रहरी कार्यालय सितागंजको प्रहरी गस्ती टोलीले पक्राउ गरेको हो ।