धरान : नेपाली फुटबलको राष्ट्रिय टिमका मिड फिल्डर धरानका लकेन लिम्बुलाई शनिवार फोकस १६ क्लव धरानले सम्मान गरेको छ । उनको स्थायी घर धरान–१६ हो ।
नेपाली फुटबलमा धरानको नाम उच्च बनाएकोमा लिम्बुलाई धरान–१६ का युवाहरुको फोकस १६ क्लवले सम्मानित गरेको हो छ । सावाली किचनमा आयोजित कार्यक्रममा क्लवका अध्यक्ष दिलिप भुजेलले सम्मानपत्र प्रदान गरे ।
उनले धरान वडा १६ को खेलाडी लिम्बुले खेल क्षेत्रबाट छोटो समयमा धेरै ठूलो उपलव्धि हासिल गर्न सफल भएकोले उनलाई थप प्रोत्साहनका सम्मान गरेको बताए ।
लिम्बुको फुटबलमा प्रारम्भिक प्रवेश यसिंगापुरबाट भएको हो । उनका वुवा श्याम लिम्वु सिंगापुर प्रहरीका सेवा निवृत्त प्रहरी निरीक्षक हुन । वुवा कार्यरत हुँदा उनी पनि सिंगापुरमा हुर्किएका हुन ।बुवाको अवकाश ग्रहणसंगै धरान–१६ मा स्थायी बसोबास गर्दै आएका लिम्वुले नेपाल आएपछि धरानबाट
फुटवलको यात्रालाई निरन्तरता दिए । उनले २० औं गोधुली रनिङ कप खेले । वडा स्तरीय प्रतियोगिता देखि मोफसलका गोल्डकप, ए डिभिजन क्लवहरु हुदै भारतको दिल्ली स्थित फुटवल क्लबबाट लिम्बुले कौशलता प्रदर्शन गरे । शनिवार सम्पन्न नेपाल सुपर लिगमा झापा फुटवल क्लवका तर्फबाट कप्तानको भूमिका निर्वाह गरेका थिए । लिम्बुले हङकङसंग हुने खेलमा नेपालबाट प्रतिष्पर्धा गर्न तयारीमा आफु व्यस्त रहेको बताए ।
लिम्बुका पिता श्याम लिम्वुले छोराका लागि फुटवलमा भविष्य वनाउने सपना साकार बनाउन आफूले जस्तो सुकै मुल्य चुकाउनु पछि नपर्ने वताएका छन ।