वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले सामाजिक सुरक्षा भत्ता दर्ता नवीकरणमा राष्ट्रिय परिचयपत्र नं. र बायोमेट्रिक डिभाइसको प्रयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता दर्ता नवीकरणमा राष्ट्रिय परिचयपत्र नं. र बायोमेट्रिक डिभाइसलाई अनिवार्य गर्ने योजना बनाएसँगै नगरपालिले उक्त विषयको अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।

अभिमुखीकरण कार्यक्रममा वडाका सचिव, पञ्जिकरण शाखाका कर्मचारी, प्राविधिकहरूको सहभागिता रहेको थियो । आगामी आर्थिक बर्ष २०८२/०८३ सालबाट नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता दर्ता नवीकरणमा राष्ट्रिय परिचयपत्र नं. र बायोमेट्रिक डिभाइसको प्रयोग गर्न योजना बनाएर सामाजिक सुरक्षा भर्ताको सेवा लिई रहनु भएको सेवाग्राहीहरूलाई सहजता र सहजिकरणकालागि वडाका वडाका सचिव ,पञ्जिकरण शाखाका कर्मचारी, प्राविधिकहरूलाई अभिमुखीकरण गरिएको नगरपालिकाका पञ्जिकरण शाखाका कर्मचारी एसआईएस अपरेटर पवन पोखरेलले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवारको सभाध्यक्षतामा आयोजना भएको उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, लेखा अधिकृत वीरेन्द्र यादव, सूचना अधिकारी गौरी राय लगायतको आतिथ्यता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका पञ्जिकरण शाखाका कर्मचारी एसआईएस अपरेटर पवन पोखरेल र रामचन्द्र अधिकारीले आगामी आर्थिक बर्ष २०८२/०८३ सालबाट नेपाल सरकार राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता दर्ता नवीकरणमा राष्ट्रिय परिचयपत्र नं. र बायोमेट्रिक डिभाइसको प्रयोगको बारेमा सहजीकरण, महत्त्व, आवश्यकताबारे सहजीकरण गरेका थिए ।