धरान : धरानमा आज बाट सुरु भएको प्रथम स्व.पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको उद्घाटन खेलमा धरान सिटी एफ सी ले विजयी सुरुवात गरेको छ । 
धरान  १६ स्थित धरान रङशालामा आजबाट सुरु भएको पहिलो उद्घाटन खेलमा धरान सिटी एफ सिले धरानलाई अर्को क्लब प्रगतिशील एफ सी लाई १–० गोलले पराजित गर्दै बिजय भएको हो ।
पहिलो हाफमा गोलरहित बराबरी खेले पनि  दोस्रो हाफको ११ औ मिनेटमा धरान सिटी एफ सी का जर्सी नम्बर ११ का निमा शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
उनले गरेको गोल नै निर्णायक गोल भएको छ ।खेलको म्यान अफ द म्याच पनि निमा घोषित भए उनले नगद र ट्रफी प्राप्त गरे । 
उद्घाटन खेल आयोजकका तर्फबाटमा स्व। पार्वती लिम्बुका छोरा वाइसियल नेपालका केन्द्रीय सचिव श्री सुब्बाको अध्यक्षतामा भएको थियो ।
उद्घाटन गदै प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र विक्रम बेघाले खेलकुदको राजधानी धरानमा स्व। पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताले धरानको खेल जगतमा ठुलो योगदान पुग्ने अपेक्षा गरे । यस्ता स्थानीय  प्रतियोगीताहरुले धरानका उदयमान खेलाडीहरू लाई राम्रो अवसर प्रदान गर्ने विश्वास गरे ।खेलले शारीरिक मानसिक र सामाजिक रूपमा निकै लाभ पुग्ने भएकाले आयोजना गर्ने आयोजकलाई धन्यवाद दिए ।        
वैशाख  १३ गते सम्म हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा धरान सिटी एफ सी, प्रगतिशील एफ सी ,मरिक एफ सी ,स्वर्णिम एफ सी ,फुटसल एफ सी, अन्डर १६ धरान सिटी एफ सी, शान्ती नगर एफ सी र ब्रदर्स कलेक्सन केराबारी रहेका छन् ।
प्रतियोगिताको दोस्रो दिनको खेल वैशाख ९ गते दिउसो दुई बजे मरिक एफ सी र स्वर्णिम एफ सी बिच धरान रङ्गशालामा  हुनेछ । प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी,मेडल र उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्ने संयोजक सुब्बाले जानकारी दिए ।
यस्तै व्यक्तिगत पुरस्कार उत्कृष्ट खेलाडीलाई नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उत्कृष्ट कोच, राईजिङ्ग प्लेयरलाई नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद रु एक हजार प्रदान गरिने संयोजक सुब्बाले जनाए । प्रतियोगिता धरान रङ्गशाला धरान १६ मा हुने भइरहेको छ .