इटहरी : नेपाल तरुण दल सुनसरीले पालिका स्तरीय अधिवेशन धमाधम गरिरहेको छ ।
१२ वटै पालिकाको अधिवेशन सम्पन्न गरेको तरुण दलले इटहरीमा अनीश सुवेदी (गोरे)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
इटहरीको पाँचौँ अधिवेशनले सुवेदीको अध्यक्षतामा उपाध्यक्षमा मनिष चौधरी, सचिव सबिन निरौला, सह- सचिव विक्रम चौधरी र कोषाध्यक्ष स्मारिका सुवेदी सहित १९ सदस्यीय कार्यसमिति सर्वसम्मत गरेको हो ।
सोमबार इटहरीमा सम्पन्न भेलाले इटहरी उपमहानगर सहित सुनसरी क्षेत्र नम्बर २(क) को समेत कार्यसमिति चयन गरेको छ । प्रदेश क्षेत्रीय समितिको पहिलो अधिवेशनले विवश विष्ट (राजा)को अध्यक्षतामा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन तामाङ, सचिव विशाल क्षेत्री, सह- सचिव सालुम मगर, कोषाध्यक्ष हर्ष सुवेदी र सदस्यहरू अपसन श्रेष्ठ, निशान क्षेत्री, विवश पुरी, रितेश गुरुङ, सिद्धार्थ तामाङ चयन भए ।
केन्द्रीय समितिले वैशाख १५ भित्रमा जिल्ला अधिवेशन टुङ्गो लगाउन पत्राचार गरेसँगै जिल्ला समितिले पनि सोही अनुसार कार्यक्रम गरिरहेको छ ।
जिल्ला अध्यक्ष सिजन गुरुङका अनुसार पालिका समितिलाई चैत २६ गते सम्मको समय दिइएको र पछि थप गरेर वैशाख २ गते पुर्‍याइएको हो । तोकिएको समयमा अधिवेशन नगर्ने पालिकामा जिल्लाकै नेतृत्वले अधिवेशन सम्पन्न गराएको उनको भनाइ छ ।