धरान : धरान-६ पाँचकन्या जङ्गलमा आज सोमवार दिउसो फेला परेको शवको पहिचान बताइदिन चिन्ने मानिसहरूसँग प्रहरीले आग्रह गरेको छ ।
आज दिउँसो साढे १२ बजेको समयमा प्रहरीले सामुदायिक बनमा तत्काल नाम थर, वतन खुल्ने कुनै कुरा नभेटिएको बेवारिसे महिलाको शव फेला परेको हो ।

_1743784132.gif)
प्रहरी अनुसार शव अन्दाजी ३०/३२ वर्ष उमेरको मंगोलियन महिला जस्तो देखिने वर्णको छ। नाकमा नत्था लगाएको छ । कानमा टप लगाएको छ ।
माथि सेतो खैरो सर्ट, तल निलो जिन्सको पाइन्ट लगाएकी महिलाको शवको हातमा ‘बोलानो’ ब्राण्डको घडी र सेतो बाला लगाएकी छ । जुत्ता सेतो खैरो कलरको लगाएकी छ ।
उक्त हुलियाको शव चिन्न सक्नेहरूले इलाका प्रहरी कार्यालय धरानमा ०२५-५७४५५५, ९८५२०९०१२६ नम्बर फोन गरेर जानकारी गराई दिन आग्रह गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयको ९८५२०९०१२७, ९८५२०४१०६४ मा फोन गर्न पनि सकिने प्रहरीको आग्रह छ ।