धरान : नेपाली कांग्रेस निकट नेपाल तरुण दलको धरान उपमहानगर समितिको अध्यक्षमा रामकुमार तामाङ निर्विरोध चयन भएका छन् । उनको अध्यक्षतामा ३० सदस्यीय उपमहानगर समिति गठन भएको छ ।

तरुण दल धरानको शनिवार नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको पाँचौँ नगर अधिवेशनले कार्यसमितिको उपाध्यक्ष विक्रम तामाङ, सचिव मनोहर श्रेष्ठ सर्वसम्मत चयन गरेको छ ।

सदस्यहरूमा महिलाबाट जीना तामाङ, लक्ष्मी मगर, अस्मिता केसी, खस आर्यबाट प्रेमकुमार बस्नेत, सुमन निरौला चयन भएका छन् ।

आदिवासी जनजातिबाट मनकुमार राई, शिखर राई, सुवास राई, सोना शङ्कर, प्रनिता परियार, आशेष लिम्बू रहेका छन् । दलितबाट सविना दर्नाल, सरा नेपाली छन् । विस्थापितबाट लुइस जेम्स राई छन् ।

खुल्ला सदस्यहरूमा प्रितिराज श्रेष्ठ, समीर लिम्बू, राहुल सुवेदी, शङ्कर पाण्डे निर्मल आचार्य छन् । सदस्यहरूमा अनिस लिम्बू, विशाल खत्री, प्रदिप राई, सन्देश मगर, उज्वल हलवाई, उत्सव थापामगर, जुगल चौधरी र अरुण कुमार राई रहेका छन् ।

अधिवेशन नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा भएको हो । अधिवेशनमा तरुण दल जिल्ला अध्यक्ष सिजन गुरुङ, कांग्रेस जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय अध्यक्ष सुजेन्द्र तामाङ, कोशी प्रदेश समिति सदस्य किशोर राई लगायतको उपस्थिति थियो ।