इटहरी : नेकपा एमाले कोशी प्रदेश कमिटीको सहरी विकास विभागले सक्रियताका साथ कार्यक्रम सार्वजनिक गरिरहेको छ । सोही अनुसार शनिवार सुनसरीको इटहरीमा सहरी विकास नीतिको विषयमा अवधारणापत्र सार्वजनिक गरेको हो ।
विभिन्न विषयका विज्ञले सम्बन्धित विषयमा आफ्नो अवधारणा सुनाए । विज्ञको अवधारणाका आधारमा नेता तथा अन्य सहभागीले आफ्नो टिप्पणी राखे ।

_1743784132.gif)
अबको उपमहानगर कस्तो बनाउन सकिन्छ भन्नेबारे खुलेरै बहस चल्यो । विभागका प्रमुख लोकेश निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सुनिल नेपालले सहरी विकासबारे स्पष्ट पारे ।
स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यवस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने बारे मन्थन भयो । सहरी पूर्वाधार र सेवाको व्यवस्थापनमा कानुनी अड्चन, बसाइसराइको कार्यकारण सम्बन्ध, अबको सहर लगायत विषयमा चर्चा भएको थियो ।
पर्यावरण, फोहोर व्यवस्थापन, जनस्वास्थ्य, भौतिक विकासमा सहभागीले धारणा राखे ।