इटहरी : नेपाल तरुण दल सुनसरी जिल्लामा पूर्णकालिन कुल सदस्य सङ्ख्या १ हजार ९४८ पुगेको छ ।
तरुण दलको महाधिवेशन निर्देशन समितिको निर्णय बमोजिम सुनसरी जिल्ला समितिले उक्त सङ्ख्यामा नयाँ तथा नवीकरण फारम केन्द्रीय कार्यालयमा आज सोमवार बुझाएको सुनसरी अध्यक्ष सिजन गुरुङले बताएका छन् ।

उनका अनुसार महाधिवेशन निर्देशन समितिको बैठकले गत: पुस १२ गते तत्कालीन जिल्ला अध्यक्षलाई नै जिल्ला अधिवेशन संयोजकको जिम्मेवारी दिएको थियो ।
देशभर तरुण दलको पूर्ण सदस्यता फारम वितरणको अन्तिम चरणमा पुगेको छ । तरुण दलको संशोधित विधान अनुसार दलको सदस्यको उमेर हद ४५ वर्ष तोकिएको छ ।
जिल्लाबाट गएको सदस्यता फारामहरू केन्द्रले विधान बमोजिम रुजु गरी फेरि जिल्लामा पठाउने छ । अन्तिम सदस्यता नामावली जिल्लामा आएपछि जिल्ला अधिवेशन हुनेछ ।