धरान : प्रहरीले ताप्लेजुङ मेरीङदेन-२ की १९ वर्षीय वर्षा केदेमलाई झापाको अर्जुनधारा-११ नयाँ बसपार्कबाट आइतबार ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार केदेमलाई अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कको प्रहरी टोलीले २ ग्राम १९० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

यसैगरी झापाको कमल गापा-४ का ३८ वर्षीय संयोग बस्नेत, दमक-८ का ३४ वर्षीय अङ्कित कार्कीलाई लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको प्रहरी टोलीले मेचीनगर-६ बाट ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

प्रहरी अनुसार उनीहरूबाट ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको छ ।

सुनसरीको इनरुवा-९ का ३६ वर्षीय जितेन चौधरीलाई १ ग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकहीले नियन्त्रणमा लिएको छ ।

मोरङ केराबारी गापा-६ का ३५ वर्षीय युवराज कटुवाललाई विराटनगर-१६ बाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले पक्राउ गरेको छ ।

उदयपुर प्रहरीले बेलका-८ आराङ्गा भित्री सडक खण्डमा जेब्रा झोलामा बेवारिसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।