धरान : विजयपुर धरान-१४ की १८ वर्षीय आकृति परियारलाई हिजो आइतबार प्रहरीले घरबाटै लागुऔषध सहित पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार पूर्व सूचना पाए अनुसार अस्थायी प्रहरी पोष्ट विजयपुरको प्रहरीको टोलीले उनको घरमा छापा मारेर खानतलाश गर्दा लागुऔषध बरामद गरेको हो ।
प्रहरीले उनलाई घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।