धरान : एसइई परीक्षा दिएर बसेको विद्यार्थीहरूका लागि बृजकोर्श कक्षा सञ्चालनको तयारीमा रहेको धरान-१ छाताचौक स्थित प्राइम एजुकेशनले धरान-धनकुटा एकता समाजसँग छात्रवृत्ति प्रदान गर्ने सम्झौता गरेको छ ।
एसइई गरेका विद्यार्थीलाई उच्च शिक्षा प्रवेशका लागि सञ्चालन गरिने बृजकोर्श र नर्सिङको तयारी कक्षाका लागि छात्रवृत्ति प्रदान गर्न दुई पक्ष बिच आज सोमवार बिहान सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्राइमको कार्यालयमा निर्देशक लक्ष्मण दाहाल र धरान-धनकुटा एकता समाजका अध्यक्ष गङ्गाप्रसाद रेग्मीले हस्ताक्षर गरेका छन् । सोही अवसरमा सम्झौतापत्र निर्देशक दाहाल र अध्यक्ष रेग्मीले आदान प्रदान गरे । समाजक सचिव राजकुमार थापा सम्झौता हस्ताक्षरको अवसरमा उपस्थित थिए ।
सम्झौता अनुसार २०८१ को एसइई परीक्षामा सहभागी विद्यार्थी मध्ये धरान-धनकुटा समाजले सिफारिस गरेका विद्यार्थीलाई प्राइम एजुकेशनले वृजकोर्श कक्षाको शुल्कमा छात्रवृत्ति प्रदान गर्नेछ ।
साइन्समा १ जना, व्यवस्थापनमा १ जना नर्सिङ तयारी कक्षामा १ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने छ । उक्त सङ्ख्या बाहेक बृजकोर्शका लागि आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई एजुकेशनले पूर्ण तथा आंशिक छात्रवृत्ति प्रदान गर्न सक्ने निर्देशक लक्ष्मण दाहाल ले बताएका छन् ।
प्राइम एजुकेशन र समाज बिच भएको सम्झौता अनुसार छात्रवृत्ति प्राप्त गर्न विद्यार्थीहरूले चैत १७ देखी २२ गते शुक्रवार सम्ममा प्राइम एजुकेशनमा आवेदन दिइसक्नु पर्नेछ । छात्रवृत्तिका लागि २३ गते शनिवार योग्यता परीक्षा हुनेछ ।