धरान : राजावादी आन्दोलनमा शुक्रवार भाटभटेनीमा भएको लुटपाटमा संलग्न ९ जना पक्राउ परेको नामावली प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरूमा ट्रे, क्यारेट, लिपस्टिक, फलफूल, रक्सी, बियर, हाफपाइन्ट, ट्राउजर लैजानेहरू मात्र छन् ।
भाटभटेनीका मालिक मीनबहादुर गुरुङले सामाजिक सञ्जालमा सार्वजनिक भएको कुराकानीमा उक्त लुटपाटमा सबै भन्दा बढी विदेशी ब्राण्डका रक्सी, मोबाइल सेट र घडी लुटिएको बताएका छन् ।
पक्राउ पर्नेहरूका सूचिमा मोबाइल र घडी लुट्ने भने छैनन् । पक्राउ परेकाहरू यसअघि युट्युब र सामाजिक सञ्जालमा भिडियो क्लिप र फोटोहरू भाइरल भएकाहरू छन् ।
पक्राउ परेका मध्ये धरानकी हाल काठमाडौँ कोटेश्वर बस्ने एलिसा राई छिन् । उनले १ थान ट्रे र १ थान क्यारेट मात्र लुटेको प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
पक्राउ परेका सर्लाही बरहथवा-१६ का प्रेमकुमार महतोलाई ४ थान बियरको खाली बोतल सहित पक्राउ गरिएको विवरणमा उल्लेख छ ।
सिन्धुपाल्चोक चौतारा–८ की निर्मला कार्कीबाट प्रहरीले फलफूल मात्र बरामद गरेको छ । सिन्धुली तिनपाटन गापा–१६ की सुस्मिता बरालबाट लिपस्टिक, ऐना, गाजल बरामद भएको छ ।
पक्राउ परेका १ जनाबाट मात्र प्रहरीले विदेशी रक्सी बरामद गरेको छ । धनुषा जिल्ला मिथिला नपा–६ ढल्केवरका आशिष् सिंहबाट जनिवाकर ब्ल्याक लेबल विस्कि १ लिटरको १ बोतल र ज्याक डानियल व्हिस्कि २ लिटरको २ बोतल बरामद भएको विवरणमा उल्लेख छ ।
प्रहरीको विवरण यस्तो छ :
KTM-lutpat-1KTM lutpat 2