धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेको सरुवा भएपछि धरानमा नयाँ डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले शुक्रबारबाट ईलाका प्रहरी कार्यालय धरानको जिम्मेवारी सम्मालेका छन ।
दिउँसो २ बजे धरान आएका डिएसपी बस्नेतलाई ईलाका प्रहरी कार्यालय धरानको गेटमा इन्सपेक्टर हेमराज ओलीले खदा तथा फूलको गुच्छाले स्वागत गरेका थिए । २०५४ सालम नेपाल प्रहरीमा प्रवेश गरेका बस्नेत पुर्वक्षेत्रहरु विराटनगर ,इनरुवा ताप्लेजुङमा प्रहरी कमान्ड समेत समाल्दै आएका र अख्तियार अनुसन्धानमा समेत कार्य गरेको त्यस समयमा धरानलाई आफुले केहि मात्राका बुझेको हुनाले धरानमा कार्य गर्न सहज नै हुने बताएका छन्।

_1743784132.gif)
बस्नेत प्रहरी प्रधान कार्यालयको कानुन शाखाबाट सरुवा भएर धरान आएका हुन । डिएसपी न्यौपानेको प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्युरो नक्सालमा सरुवा भएको छ ।