जनकपुरधाम : धनुषाकोे कमला नगरपालिका–१ मंगराहा गाउँमा करेन्ट लागेर बुवा–छोराको मृत्यु भएको छ ।

खेतमा काम गर्न गएका बेला ४५ वर्षीय राजेन्द्र मण्डल र उनका २२ वर्षीय छोरा धमेन्द्रको करेन्ट लागेर मृत्यु भएको हो । शुक्रवार साँझ करेन्ट लागेर घाइते भएका उनीहरुलाई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय शहीदनगर यदुकुहाले जनाएको छ ।
बिजुलको तार खेतमा खसेकाले करेन्ट लागेको स्थानीय सुरेन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार दुवै जनाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।