इनरुवा: सुनसरीको दुहबी नगरपालिका अगाडि रहेको न्यू बिकास ज्वेलर्समा शनिवार राती चोरी भएको छ ।
ज्वेलर्स सञ्चालक विकास स्वर्णकारका अनुसार २ किलो चाँदी र ५ आना सुन चोरी भएको छ । सुनचाँदी ब्यवसायीहरुले इलाका प्रहरी कार्यालय दुहबीलाई दुहबी नगरपालिका अघि खाली रहेको प्रहरी बिटमा एक प्रहरी राख्न आग्रह गरेपनि वास्ता नगरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन । सोही पसलको नजिकै शिवशक्ति ज्वेलर्समा पनि ताला फुटाएर चोरीको प्रयास भएको देखिएको छ ।
एक साताअघि १ साता अघि दुहवी ३ स्थित मस्तकिम मंसुरीको आफ्नै घर अगाडी रोकी राखेको पल्सर मोटर साइकल पनि चोरी भएको थियो । गढी २ घर भएका अक्षय चौधरीको मोटरसाइकल पनि चोरी भएको थियो ।